सशस्त्र प्रहरी बलले १६० केजी गाजा बरामद

उज्यालो खबर मुख्य खबर

सशस्त्र प्रहरी बलले महोत्तरीको महोत्तरी गाउँपालिकाबाट १ सय ६० किलाेग्राम गाजा बरामद गरेको छ ।सशस्त्र प्रहरी छिनमस्ता बाहीनीबाट खटिएको टाेलीले रानीरतवाडाबाट गाजा बरामद गरेको हो ।

सशस्त्र प्रहरी मधेस प्रदेशका बाहिनीपति गणेश ठाडामगरका अनुसार गणेश चौधरीको घर पछाडि रहेको  परालको टौवाबाट १ सय ६० गाजा फेला परेको हो । 

परालको टौवामा लुकाइराखेको १६ पोकामा १६० केजी गाजा रहेको प्रहरीले जनाएको छ । बरामद भएको गाजा थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई जिम्मा लगाउने तयारी भइरहेको ठाडामगरले जानकारी दिए ।न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *