गुडिरहेको जिपमाथि ढुंगा खस्यो, तीनको मृत्यु ३ घाइते

उज्यालो खबर मुख्य खबर

ओखलढुंगामा गुडिरहेको यात्रुबाहक जिपमा माथिबाट ढुंगा खस्दा तीन जनाले ज्यान गुमाएका छन्। 

ओखलढुंगाको सिद्धिचरण नगरपालिका नारायणथानमा आइतबार करिब ९ बजेतिर बाटो खन्दा माथिबाट लडाएको ढुंगाले सडकमा गुडिरहेको को १ ज ३५६९ नम्बरको बोलेरोलाई किचेको प्रहरीले जनाएको छ।

मानेभन्जाङ गाउँपालिका-१ मोलिकाबाट ओखलढुंगा सदरमुकाम आइरहेको उक्त जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक लंक श्रेष्ठले जानकारी दिए।

बाटो खन्ने क्रममा निकालेको ढुंगा खस्दा तल सडकमा गुडिरहेको जिपमा परेको रहेछ, जीपमा सवार ६ जनामध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको छ’, श्रेष्ठले सेतोपाटीसँग भने,‘तीन जना घाइते छन्।’

मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका-१ तलुवाका १० वर्षीय इसव कोइराला, ७ वर्षीया युनिसा कोइराला र मानेभन्जाङ गाउँपालिका १ मोलिकाका ३० वर्षीय हेम मगरको मृत्यु भएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए। मृतक कोइराला दाजुबहिनी हुन्। घाइतेमध्ये २ जना गम्भीर छन्। उनीहरूलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको सिद्धिचरण नगरपालिकामा प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।

‘घाइतेमध्ये देव बहादुर श्रेष्ठ र सन्जिव श्रेष्ठ गम्भीर छन्। उपचारका लागि काठमाडौं लाने तयारी गरिरहेको छौं, त्यसका लागि हेलिकप्टर चार्टरको प्रक्रिया अघि बढिसकेको छ ।

सामान्य घाइते लक्ष्मी कोइरालाको ओखलढुंगाकै सामाजिक अस्पतालमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *