आज ३ बजे प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने

उज्यालो खबर मुख्य खबर

प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री बनेपछि देउवाले छ महिनाको अवधिमा पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।

देउवा गत असार २९ मा प्रधानमन्त्री नियुक्त भएका थिए। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चाको समर्थनमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएका थिए।

प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार आज अपरान्ह ३ बजे प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा: आफ्नो सरकारले गरेका कामकारबाहीबारे पनि जानकारी गराउने भएका छन्।

केही दिनअगाडि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले गरेका कामकारबाहीबारे प्रधानमन्त्रीले नै राष्ट्रका नाममा सम्बोधन गर्दै जानकारी गराउने पत्रकारहरूलाई बताएका थिए।

आज सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक बस्नुभन्दा अगाडि प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। आज अपरान्ह ४ बजे चुनावबारे छलफल गर्न राजनीतिक समन्वय समितिको बैठक बालुवाटारमा बस्दैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *