सचिवको लागी टेक बहादुर बुढाको उम्मेदवारी दर्ता

उज्यालो खबर मुख्य खबर

निर्मल कुमार बुढा नेपालगन्ज । नेकपा एमाले दशौँ जिल्ला अधिबेशन कालीकोट जिल्ला कमिटी सचिवको लागी क. टेक बहादुर बुढाले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

लामो समयदेखी व्यवसाय र राजनिती क्षेत्रमा कालीकोट क्षेत्रको लगी सेवा तथा पार्टीको कार्य गर्दै आउनुभएका क. टेक बहादुर बुढा पछिल्लो समयमा पार्टीको लागी पुर्ण समय दिएको देखीन्छ ।

समाज उन्नतीका लागी र समाजमा भइरहेका नकरात्मक कार्यलाई निर्मुल पार्दै सकरात्मक कार्यलाई आत्मसाथ गर्दै समाजमा तथा राजनिती यात्रामा लाग्नु भएका नेकपा एमाले नरहरीनाथ गाउपालीका कमीटीका इन्चार्ज समेत रहनु भएका बुढा नेकपा एमाले कालीकोट जिल्ला कमिटीमा सचिवको उम्मेदवारी दर्ता गर्नु भएको छ । साथै हाम्रो तर्फवाट पनि उहालाई विजयीको शुभकामना व्यक्तm गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *