कस्ता ब्यक्तिहरुका लागी हो चौतारी दोहोरी साँझ ?

मुख्य खबर हस्पिटालिटी शो

अन्तराष्ट्रिय तथा आन्तरिक पर्यटकहरुलाई आकर्षण गराउन नेपाली मौलिकता बोकेको लोक दोहोरीको संरक्षण गर्दे आगन्तुक पाहुनहरुलाई आनन्दित बनाउन चौतारी दोहोरी साझ एण्ड नेपाली भान्सा घर संचालनमा छ ।
नेपालगंज कार्कादोमा रहेको दोहोरी साँझमा बिभिन्न गायक, गायिकाहरुले लाइभ बाजाको साथमा आगन्तुक पाहुनाहरुको अनुरोध एवम् रोजाइका बिभिन्न गीतहरु गाँउछन र आनन्द बनाउछन ।


दोहोरी साँझ भन्ने बित्तिकै धेरैले नराम्रो नजरले हेर्ने पनि गर्छन, आफनो परिवार सहित जान पनि मान्दैनन् तर चौतारी दोहोरी साँझ भने पारिवारिक दोहोरी साँझकारुपमा संचालनमा रहेको संचालकहरु बताउछन । जहा आफनो रोजाईको गीत लाइभ सुन्दै हेर्दे आनन्द लिएर खाजा तथा नास्ता लिना सकिन्छ ।


दिनभरको कामको थकानलाई मेटाउने गतिलो गन्तव्य पनि बनेको छ । नेपालगंज क्षेत्रमा यसरी लाइभ गीत सुन्दै हेर्दे अनि आफन्त तथा साथिहरुसंग रमाउदै थप माजा लिना सकिन्छ ।
चौतारी दोहोरी साँझ साँझ ६ बजे देखी रात्री १० बजे सम्म संचालनमा हुन्छ । पारिवारिक वातावरणको दोहोरी साँझ कएकाले, सभ्य र अनुसासन भित्र रही रमाउन सकिन्छ । अराजक एवम् अरुलाई असर हुने जस्ता कृयाकलाहरु गरेमा सुरक्षा व्यवस्थाको टिम रहेको संचालकले जनाएको छ ।
छिमेकी राष्ट्र भारत संग सिमा जोडिएको क्षेत्र भएकाले भारतिय पर्यटकहरुलाई आकर्षण गर्ने एउटा गतिलो माध्याम बनेको छ । नेपालगंज र बिभिन्न जिल्ला बाट आउने आगन्तुक पाहुनाहरुका लागी सेवा सत्कार मा कमि हुन नदिने व्यवस्था गरिएको संचालक बताउछन
आज हामिले टेलिभिजन कार्यक्रम हस्पिटालिटी शोका लागी चौतारी दोहोरी साझ, दोहोरी साझ प्रतिको हेर्ने दृश्टीकोण, चुनौती र अवसरको बिषयमा चौतारी दोहोरी साझ उण्ड नेपाली भान्साघरका संचालक अभिजित खनालसंग बिपिन खड्काले गर्नु भएको कुरा कानी रिपोर्ट तयार पारेका छौ ।कार्यक्रम हस्पिटालिटी शो हर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *