नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी बाँकेले आफ्नो स्थानिय तहमा कमिटी गठनको कार्यलाई तिब्रता पारे संगै खजुरा २ मा शुक्रवार बृहत भेलाको आयोजना गरेको छ ।
वडा भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा एस पोलिट ब्युरो सदस्य दलबहादुर सुनारले नेकपा एस खजुरामा मात्रै नभएर बाँके जिल्लामै पहिलो पार्टी भएर उभिने बताएका छन् ।
नेकपा एस नयाँ पार्टीको रुपमा कसैले नसोच्नुस यो पार्टी नेपालको कम्युनिष्ट आन्दोलनले खार्दै तयार गरेको र कम्युनिष्ट आन्दोलनले ल्याएको उपलब्धी रक्षा गर्दै कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउने एक मात्र पार्टी हो । सुनारले बताए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै वडा नम्बर दुईको निर्वाचित जनप्रतिनिधि समेत रहेका नेकपा एस बाँकेका जिल्ला कमिटी सदस्य नन्दलाल गुर्तालले वडा नम्बर दुई समाजबादीमय भएको जिकिर गरेका छन् ।
गुर्तालले नेकपा एकीकृत समाजबादी पार्टीलाई खजुरामा एक नम्बर पार्टी बन्नमा कसैले रोक्न नसक्ने समेत जिकिर छन् ।
भेलाले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी खजुरा २ को अध्यक्षमा खड्ग बहादुर मल्लको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटी गठन गरेको छ ।
कमिटिको उपाध्यक्षमा बलु बिक, सचिवमा प्रेम बहादुर थापा, सहसचिवमा रितिका सिंह ठकुरी, उषा उप्रेती र कर्ण बहादुर रावल चयन भएका छन् ।
त्यस्तै भेलाले बिमला गोतामेको अध्यक्षतामा १५ सदस्यीय अनेम संघ वडा कमिटी तथा स्वतन्त्र ददेलको अध्यक्षतामा २१ सदस्यीय युवा संघ नेपाल वडा कमिटी समेत गठन गरेको छ ।
खड्ग बहादुर मल्लको अध्यक्षतामा सम्पन्न बृहत् भेलामा नेकपा एस बाँकेका उपाध्यक्ष भद्र प्रसाद देवकोटा, प्रदेश कमिटी सदस्य लाल बहादुर खत्री, जिल्ला सचिवालय सदस्य अर्जुन उप्रेती, नेकपा एस बाँकेका नेता ऋषि पोखरेल लगायतको सहभागीता रहेको थियो ।
त्यस्तै आजनै काेहलपुर २ मा वडा भेला गरि प्रताप सिंह ठकुरीकाे अध्यक्षतामा ४५ सदस्यीय वाड कमिटी गठन गरेको छ।
कमिटीको उपाध्यक्षमा सिहवहादुर मल्ल र टुकादेवि थापा सचिवमा दुर्गा सुनार, सहसचिव यामकुमारि शर्मा रहेका छन।