‘आउने चुनावमा एमाले नाेकिया माेवाइल हुन्छ’ मेटमणी चौधरी

मुख्य खबर

नेपालगन्ज : नेकपा एकीकृत समाजबादीका नेता मेटमणी चौधरीले अब आउने चुनावमा एमाले नाेकिया माेवाइल हुने बताएका छन् ।

बुधबार नेपालगन्जमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी बाँकेको भेलालाई सम्बोधन गर्दै एकीकृत समाजबादी लुम्बिनी प्रदेश अध्यक्ष अध्यक्ष समेत रहेका मेटमढि चाैधरिले अब आउने चुनावमा एमाले नाेकिया माेवाइल हुन्छ र एमालेको महाधिवेशन र स्थानीय चुनावमा एमालेमा पहिराे जाने बताएका हुन् ।

नेकपा एकीकृत समाजबादी बाँकेको जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा नेता चौधरी संगै लुम्बिनी प्रदेशका सचिव राजु गुरुङले एमाले अब सकिने बताउदै एकीकृत समाजबादीले नै कम्युनिष्ट आन्दोलनको उपलब्धि रक्षा गर्ने र कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउने बताएका छन् ।

त्यस्तै कार्यक्रममा नेकपा एसका पाेलिटव्युराे सदस्य समेत रहेका दलवहादुर सुनारले नेकपा एमालेको उल्टो गन्ती सुरु भएको भन्दै अब कम्युनिष्ट आन्दोलन नेकपा एसले नै नेतृत्व गर्ने बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै सुनारले अब बाके एकीकृत समाजबादीमय बन्ने जिकिर गरेका थिए ।

नेकपा एस बाँकेको भेलाकै अवसरमा एमाले लगायत अन्य पार्टीबाट करिब ३ सय बढी एकीकृत समाजबादीमा प्रवेश समेत गरेका छन् ।

कार्यक्रममा साेहनलाल यादव, राजकुमार वुढा, केशव राम यादव, इन्द्रजित यादव, लडन साई, शिव भारती युवासंघ नरैनापुर गाउँ पालिका अध्यक्ष साकिर खाँ लगाएत दर्जनाै युवा, सचेत नेपाली पार्टी जाजरकोट अध्यक्ष आकाश कार्की तथा बर्दिया सचिव सुस्मिता सुनार लगायत अन्य पार्टिका जिम्मेवार पदमा रहेका ब्यक्तिहरुले नेकपा एकीकृत समाजबादीको नीति तथा कार्यक्रम मन पराएर पार्टी प्रवेश गरेको बताइएको छ ।

नेकपा एकीकृत समाजबादी बाँकेका इन्चार्ज अशोक कोईरालाको अध्यक्षता सम्पन्न जिल्ला भेलाको प्रमुख अतिथिमा नेकपा एसको केन्द्रीय सचिव भागवत विश्वासीको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन
नेकपा एस केन्द्रीय सदस्य तथा बाँके सहईन्चार्ज अव्दुल हुसेन खाँले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *