१२ सय ३२ जनाले कोरोना जितेर घर फर्किए

स्वास्थका कुरा

खलंगा, ३० जेठ । जिल्लाभर हाल सम्म १ हजार २ सय ३२ जनाले कोरोना जितेका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटको दैनिक कोरोना प्रतिवेदनमा आईतबार वेलुकी ५ बजे सम्म १ हजार २ सय ३२ जनाले कोरोना जितेको उल्लेख गरिएको छ । अहिले सम्म ६ हजार ८ सय ३१ जनामा गरिएको पी.सी.आर. परीक्षणमा ५ सय ६२ जनामा कोरोना पुष्टी भएको थियो ।

जसअन्र्तगत ४ सय ८८ जना निको भएर घर फर्किसकेका छन् भने ७४ जना होम आइसोलेसन र अस्पतालमा उपचाररत छन् । पछिल्लो २४ घण्टामा परीक्षण शुन्य र संक्रमितको संख्या एक रहेको छ ।

यस्तै, एन्टिजेन परिक्षण तर्फ जम्मा ३ हजार २ सय ४७ जनामा गरिएको परिक्षणमा ९ सय ७० जनामा कोरोना पुष्टी भएको थियो । जसअन्र्तगत ७ सय ४४ जनाले कोरोना जितेर घर गईसकेका छन् भने २ सय ७ जना सक्रिय संक्रमितहरुले होम आइसोलेसन र अस्पतालमा उपचार गराईरहेका छन् ।

पछिल्लो २४ घण्टामा स्वाव संकलन गरिएको ६ जनामा ४ कोरोना पुष्टी भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा निको भई घर जानेको संख्या शुन्य रहेको छ । हाल सम्म १४ जना रिफर भई गएका छन् । जिल्लामा मृत्यु हुनेको संख्या ५ रहेको प्रतिवेदनमा बताइएको छ ।

कोभिड १९ को जिल्लामा उपचार तर्फ भएको व्यवस्थापन अन्र्तगत कोभिड अस्पताल १ रहेको छ । यस्तै, जिल्लाभर १ सय ३० वटा आइसोलेसन वेड रहेका छन् । ३ वटा आई.सी.यू. कक्ष, भेन्टिलेटर १, अक्सिजन सिलिण्डर १ सय ८१, एच.डी. यू. वेड १०, अक्सिजन सहितको आईसोलेसन वेड ३३, र साधारण आईसोलेसन वेड ८९ वटा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

May be an image of text

Leave a Reply

Your email address will not be published. Required fields are marked *