प्रदेश र पालिकामा बजेट कति

आर्थिक परिवेश हेलो स्थानीय सरकार

काठमाण्डौ । सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश र पालिकाका लागि झन्डै चार खर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले सात प्रदेशमा एक खर्ब तीन अर्ब ७० करोड रुपैयाँ र सात सय ५३ पालिकाका लागि दुई खर्ब ८३ अर्ब एक करोड रुपैयाँ विनियोजन गरेको हो ।

आउँदो आर्थिक वर्षका लागि तीन खर्ब ८६ अर्ब ७१ करोड ७२ लाख रुपैयाँ वित्तीय हस्तान्तरणका माध्यमबाट प्रदेश र पालिकामा जाने भएको हो ।

आउँदो आर्थिक वर्षका लागि सार्वजनिक भएको बजेटअनुसार गाउँपालिकामा एक खर्ब ३९ अर्ब १९ करोड, नगरपालिकामा एक खर्ब २३ अर्ब ९६ करोड, उपमहानगरपालिकामा नाै अर्ब ७६ करोड र महानगरपालिकामा १० अर्ब नाै करोड रुपैयाँ हस्तान्तरण हुने भएको छ ।

यस्तै प्रदेशतर्फ प्रदेश १ मा सबैभन्दा धेरै १६ अर्ब २९ करोड ३६ लाख रुपैयाँ विनियोजन भएको छ । प्रदेश २ मा ९० अर्ब ९० करोड, वाग्मती प्रदेशमा १४ अर्ब ७२ करोड, गण्डकी प्रदेशमा १३ अर्ब, लुम्बिनी प्रदेशमा १५ अर्ब ६१ करोड, कर्णाली प्रदेशमा १५ अर्ब ५५ करोड र सुदूरपश्चिम प्रदेशमा १४ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रदेश  र पालिकाका लागि बजेट विनियाेजन  

https://drive.google.com/file/d/1flw7UYKL1mkVgmk8PYx4w32eZMKZEEzN/view?pli=1

Leave a Reply

Your email address will not be published. Required fields are marked *