गाभरको एग्रो पार्कमा १० क्विन्टल बेसार रोप्न सुरु

कृषि

बाँकेको बैजानाथ स्थित गाभरमा रहेको लेमन एग्रो पार्कमा बेसार (हल्दि) रोप्न सुरु गरिएको छ । पहिलो पटक १० क्विन्टल बेसारको वीउ रोप्न लागिएको गाभरमा यसको उत्पादन राम्रै हुने अपेक्षा गरिएको छ । लेमन एग्रो पार्कमा खालि रहेका स्थानमा बेसारका गाना रोप्न लगेको कृष्ण चौधरीले जानकारी दिनुभयो ।

गाभरमा लगाइदै गरेको क्षेत्रफल हेर्दा बेसारमा आत्मनिर्भर गराउन मद्धत पुगाउने आशा व्यक्त गरिएको छ । गाभर क्षेत्रमा बेसारको सम्भावना देखिएपछि लेमन एग्रो पार्कका संचालक चौधरीले १० क्विइन्टल वीउ खरिद गरि रोप्न लागेका हुन । यो समय बेसार लगाउन उपयुक्त समय भएकाले गाउँघरका किसानहरुले सानो रुपमा भएपनि बेसार लगाउने गर्दछन ।

पछिल्ला दिनमा बेसारको माग बढेकाले पनि यसको व्यवसायिक रुपमा खेती गर्न लागेको चौधरीले बताउनुभयो । ६ विगाह क्षेत्रफलमा कागति लगाएको स्थानमा बेसार लगाइएको उहाँले जानकारी दिनुभयो । यो सगैं गाभार भ्यालीमा व्यवसायिक रुपमै कृषि पर्यटनका रुपमा अघि बढ्न एग्रो पार्कमा २ विगााह क्षेत्रफलमा माछा पालन समेत गरिन लागेको संचालक चौधरीले उल्लेख गर्नुभयो ।

गाभर भ्यालीलाई थप सुन्दर बनाउन स्थानियहरुको साथ लिदै अघि बढेको चौधरीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *