नेकपा (एमाले) नेता एवं पूर्व माननीयको निधन

उज्यालो खबर

जाजरकोट नेकपा (एमाले) संस्थापक नेता एवं पूर्व माननीय रत्न प्रसाद शर्मा न्यौपानेको कोभिड १९ को कारण सशस्त्र प्रहरी अस्पताल बलम्वुमा देहावसान भएको छ ।

लामो समयसम्म भेन्टिलेटरमा उपचाररत पूर्व माननीय नेकपा एमाले प्रदेश कमिटि सदस्य एवं अखिल नेपाल किसान महासंघ केन्द्रीय उपाध्यक्ष समेत हुनुहुन्थ्यो ।
जिल्लाको लोकप्रिय नेताको रुपमा परिचित, सादगी जीवन जीउन रुचाउने, जन्ताको हरेक समस्याहरु सँग नजिकबाट समाधान दिने र वर्गिय नेताको रुपमा समेत परिचित हुनुहुन्थ्यो ।

नेकपा एमाले पाटिको सिंगो जीवनमा र जाजरकोट जिल्ला पाटिलाई पूर्व माननीय रत्न प्रसाद शर्मा न्यौपानेको निधनले अतुलनीय क्षती पुगेको जाजरकोट जिल्ला ईन्चार्ज माननीय भैरव सुन्दर श्रेष्ठले बताउनु भयो ।
स्थायी शिक्षक जागिरबाट राजिनामा गरेर पाटि निर्माण अभियानमा लागेर जाजरकोट निर्वाचन क्षेत्र नम्वर २ नेकपा एमालेबाट २०५६ सालमा निर्वाचित समेत हुनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *