उपकुलपतिमा डा. रामकेबल साह नियुक्त

मुख्य खबर स्वास्थका कुरा

काठमाडौ- मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति डा. रामकेबल साह नियुक्त भएका छन् ।
प्रतिष्ठानको रजिष्ट्रारमा डा. विनोद यादव र रेक्टरमा डा. अंकुर साहलाई नियुक्त गरिएको छ ।
प्रादेशिक अस्पताल जनकपुरलाई आधार मानेर प्रदेश २ सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको हो ।

(मुख्यमन्त्री सञ्चार सचिवालयबाट)


प्रदेश २ का मुख्यमन्त्री लालुबाबु राउतले आईतबार एक कार्यक्रममा नवनियुक्त पदाधिकारीहरुलाई नियुक्ति पत्र हस्तान्तरण गरेका छन् । मुख्यमन्त्री निवास मधेशभवनमा आयोजित कार्यक्रममा उनले प्रतिष्ठान प्रदेशकै गौरवको योजना रहेको बताए । उनले भने, ‘नवनियुक्त पदाकिारीहरुको लागी अवसर र चुनौती दुबै रहेको छ । यसैवर्षदेखि एकेडेमिक सेसनहरु संचालन हुने विश्वास लिएको छु ।’
कार्यक्रममा समाजिक विकास मन्त्री नवलकिशोर साह, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रि शैलेन्द्र प्रसाद साह, मुख्य न्यायधिवक्ता दिपेन्द्र झा समेत उपस्थित रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *