संवैधानिक परिषद्को नियुक्ति सिफारिस पत्र सभामुखले फिर्ता पठाए

मुख्य खबर

सभामुख अग्नि सापकोटाले संवैधानिक परिषद्को नियुक्ति सिफारिस फिर्ता पठाएका छन् । विभिन्न संवैधानिक पदमा नियुक्तिका लागि संसदीय सुनुवाइ समितिमा पेस गर्ने प्रयोजनको परिषद्ले पठाएको पत्र सभामुखले आइतबार फिर्ता पठाइदिएका हुन् ।

सरकारले ३० पुसमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत अध्यक्षसहित तीन सदस्य मात्र उपस्थित भए पनि निर्णय गर्न सक्ने व्यवस्था गरेर संवैधानिक निकायमा नियुक्ति गरेको थियो । उक्त बैठकमा परिषद् सदस्य रहेका विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख सापकोटा उपस्थित भएका थिएनन् । 

बैठकमा सहभागी परिषद् सदस्य एवं राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले बैठकपछि नियुक्तिबारे छलफल भएको, तर निर्णय नभएको बताएका थिए । यद्यपि गत ५ पुसमा प्रतिनिधिसभा विघटन भएसँगै विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेको भन्दै परिषद्ले संसद् सचिवालयमा पत्र पठाएको थियो । 

परिषदको सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले संवैधानिक निकायको पदाधिकारी नियुक्त गर्ने व्यवस्था छ  । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *