नेकपाका दुवै पक्षलाई निर्वाचन आयोगले छलफल गर्न बोलायो

मुख्य खबर

निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई निर्वाचनका सम्बन्धमा छलफल गर्न बोलाएको छ । शुक्रबार बिहान साढे ११ बजे बैठक बोलाइएको आयोगले जनाएको छ । 

निर्वाचन आयोगले हालसम्म निर्वाचनसम्बन्धी गरेको तयारीका सम्बन्धमा छलफल गर्न पनि बोलाइएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने र निर्वाचन आयोगले हालसम्म निर्वाचनसम्बन्धी गरेको तयारीका सम्बन्धमा छलफल गर्न बोलाइएको हो । पार्टीबाट अध्यक्ष वा अध्यक्षले तोकेको आधिकारिक प्रतिनिधि र निर्वाचन तथा कानुन विषय हेर्ने प्रतिनिधि बोलाइएको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *