पुष्प व्यवसायी बिन्दु चर्तीमगर इन्टरप्राइजग वोमन अफ द यएर २०२३ बाट पुरस्कृत !

आर्थिक परिवेश उज्यालो खबर मुख्य खबर

नेपालगन्जकी पुष्प व्यवसायी बिन्दु चर्तीमगर इन्टरप्राइजग वोमन अफ द यएर २०२३ अवार्डबाट पुरस्कृत भएकी छिन् । शुक्रबार काठमाण्डौमा बिन्दुले लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै नगद ५१ हजार रुपैयाँसहित पुरस्कृत भएकी हुन् ।

स्ट्याण्डर चार्टर्ड बैंकको मुख्य प्रायोजनमा द बिजनेस एजले आयोजना गरेको अवार्ड कार्यक्रममा बिन्दुले बाँकेको पुष्प व्यवसायमा गरेको योगदानको कदर गर्दै उनलाई लुम्बिनीबाट पुरस्कृत गरिएको हो ।

बाँकेमा व्यवसायिक पुष्प खेतीको श्रेय बिन्दुलाई जान्छ भने विगत ८ वर्षदेखि चर्ति प्लोरा नामबाट उनले पुष्प बिक्री केन्द्र सञ्चालन गर्दै आई रहेकी छिन् । सुरुवाती चरणमा १० कठ्ठा क्षेत्रफलामा सयपत्री फूल उत्पादन सुरु गरेकी बिन्दुले हाल करिब ४० कठ्ठा क्षेत्रफलमा सयपत्री, मखमली, गोदावरी फूलहरू उत्पादन गर्दै आईरहेकी छिन् ।

त्यस्तै उक्त कार्यक्रममा सातवटै प्रदेशका १-१ जना महिला उद्यमीलाई नगद ५१ हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो । लुम्बिनीबाट बिन्दुसहित सुदूरपस्चिमबाट संगिता खड्का, कर्णालीबाट सिला नेपाली, गण्डकीबाट सुकुन रसाइली विक, बागमतीबाट अनुष्का श्रेष्ठ, मधेशबाट चनचला दास र काेशीबाट डिना प्रधान पुरस्कृत भएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *