काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले महानगरभित्रका निजी तथा संस्थागत विध्यालयहरुलाई समावेशीताका आधारमा अनिवार्य रुपमा छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएका छन् ।
उनले काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ नियम ५८ र ५९ को प्रावधान अनुसार निजि तथा संस्थागत विद्यलयसहरुलाईसो निर्देशन दिएका हुन् ।
नियमावली अनुसार प्रत्येक कक्षामा प्रथम र द्वित्तीय हुने विद्यार्थीहरूलाई क्रमशः शतप्रतिशत र पचास प्रतिशत शुल्क मिनाहा गर्ने तथा विद्यालयहरूले कुल विद्यार्थी संख्याको कम्तीमा दश प्रतिशतमा नघटाई जेहेन्दार, विपन्न, असहाय तथा गरिव, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द पीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने छ ।
उनले महानगरभित्रका विद्यालयहरुलाई छात्रवृत्ति सम्बन्धित सम्पुर्ण जानकारी विद्यालयको वेबसाईट तथा सुचनापाटिमा टाँस गरि अभिभावक र बिर्ध्यार्थी हरुलाई सुचित गराउन अनुरोध गरेका छन् ।
निमम कार्यान्वयनमा समस्या देखिएमा कानुन बमोजिम कारवाही अगाडि बढाउन महानगर बाध्य हुने पनि उनले बताएका छन् ।
त्यस्तो पाइए महानगर कलसेन्टर ११८० मा कल गरेर गुनासो गर्नसमेत बालेनको आग्रह छ ।