तुरुन्त मर्मतले फागुन २२ बाट बाँकेभरी सेवा दिने !

आर्थिक परिवेश उज्यालो खबर मुख्य खबर

नेपालगन्ज : घर, कार्यालय, होटेल तथा रेस्टुरेन्ट लगायतका ब्यापारीक प्रतिष्ठानहरुमा तुरुन्त मर्मतले फागुन २२ बाट आफ्नो सेवा दिने भएको छ ।

खानेपानी, बाथरुम, विद्युत लगायतका समस्या समाधानको लागी तुरुन्त मर्मतले बाँकेभरी नै आफ्नो सेवा प्रदान गर्न लागेको हो ।

फागुन २२ गतेबाट नै ब्यवसायीक रुपमा सेवा आरम्भ गर्न लागेको तुरुन्त मर्मतका संचालक ऋषि पोखरेलले जानकारी दिएका छन् ।

फोन तथा सामाजिक संजालको प्रयोगबाट नै मर्मत कार्यको लागी तुरुन्तलाई सम्पर्क गर्न सकिने र छितोछरितो संगै भरपर्दो कार्य सम्पादन गर्ने अभिप्रायले तुरुन्त संचालन गर्न लागेको पोखरेलले बताएका छन् ।

पोखरेलका अनुसार तुरुन्तले घर अफिस संगै होटेल र रेस्टुरेन्टका बाथरुम, खानेपानी तथा विद्युत लगायतका समस्याको समाधानको लागी तुरुन्तले जिल्लाको कुनैपनी स्थानमा आफ्नो टिम पठाउने बताएका छन् ।

तुरुन्त मर्मतले कोरोनाको लकडाउन अगाडी नै आफ्नो सेवाको सुरुवात गरे पनि कोरोना संक्रमणको समय लम्बिए संगै आफ्नो सेवालाई रोकेको थियो । हाल पुनः तुरुन्त मर्मतले आफ्नो सेवाहरु र कार्यक्षेत्र बिस्तार गर्दै सेवा प्रवाह गर्न लागेको तुरुन्त मर्मतका संचालक मध्यका एक ऋषि पोखरेलले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *