आज फेरी बागलुङमा एक पुरुषले गरे आत्मदाहको प्रयास !

उज्यालो खबर मुख्य खबर

काठमाडौं, १८ माघ । बागलुङमा एक जना पुरुषले आत्मदाहको प्रयास गरेका छन् । बागलुङ नगरपालिका–८ निवासी ५२ वर्षीय शेरबहादुर जिसीले आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका हुन् ।

जिसीले घरमा कोही नभएको बेला शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घाइते जिसीको अहिले धौलागिरी अस्पतालमा उपचार भइरहेको छ । आत्मदाह गर्न खोज्नुको कारण खुलेको छैन । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *