विशेष प्रदर्शन निर्मला कुर्मीलाई न्याय माग्दै वृहत नागरिक आन्दोलन !

उज्यालो खबर मुख्य खबर

बाँकेकी निर्मला कुर्मी हत्याको छानबिनको माग गर्दै माइतीघर मण्डलामा जारी धर्नामा वृहत नागरिक आन्दोलन पनि सहभागी भएको छ।

माइतीघर मण्डलामा विगत २४ दिनदेखि जारी धर्नामा वृहत नागरिक आन्दोलनका अभियन्ताहरू सहभागी भएका हुन्।

निर्मला कुर्मी हत्याको छानबिनका लागि न्यायिक आयोग गठनको माग गर्दै २४ दिनदेखि चलिरहेको धर्नालाई शक्ति र समर्थन दिन आफूहरू माइतीघर भेला भएको अभियन्ताहरूले  बताएका छन्।

यसैबीच महिला अधिकारको पक्षमा सिल्पी थिएटरका युवाहरूले सडक नाटक देखाएका थिए। यो खबर सेतोपटी मा छ ।

हेर्नुहोस् तस्बिरहरूः

Leave a Reply

Your email address will not be published. Required fields are marked *