एमालेको दाबी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा पेश !

उज्यालो खबर मुख्य खबर

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेले दाबी पेश गरेको छ।

बुधबार सुदूरपश्चिममा एमालेका राजेन्द्रसिंह रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्। 

एमालेका १०, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ जनाको समर्थनमा रावलले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।  

योसँगै सुदूरपश्चिममा एमालेका राजेन्द्र रावल मुख्यमन्त्री बन्ने पक्का भएको छ।

सत्तारूढ गठबन्धनले सुदूरपश्चिमको मुख्यमन्त्री एमाले र माओवादी केन्द्रबीच आलोपालो गर्ने सहमति गरेका छन्।

सुदूरपश्चिमको प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १९ सांसद छन्। नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एमाले) का १०, नेकपा (एकीकृत समाजवादी) का ४ चार, राप्रपा र स्वतन्त्र एक/एक जना सासंद छन्।

प्रदेश सरकार गठनका लागि २७ सदस्यको बहुमत आवश्यक पर्छ।यो खबर सेतोपटी मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *