रास्वपामा समानुपातिक सांसदबारे किन भइरहेको छ विवाद?

उज्यालो खबर मुख्य खबर

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा समानुपातिकतर्फ प्रतिनिधि सभामा कसलाई सांसद पठाउने भन्नेमा विवाद भएको छ।

प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपाले समानुपातिकतर्फ १३ सिट पाएको छ। ती १३ मा क-कसलाई पठाउने भन्नेमा भने रास्वपामा विवाद देखिएको हो।

समानुपातिकतर्फ पाएको १३ सिटमध्ये आदिवासी जनजातिबाट ३ (डाक्टर ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ) थारूबाट १ (अशोक चौधरी)को सम्भावना छ। दलिततर्फ २ (सन्तोष परियार र कल्पना रोक्का), मधेशीतर्फ २ (मनीष झा र तपेश्वर यादव)को सम्भावना छ।

पिछडिएका वर्गबाट १(बिनिता कठायत) र १ जना मुस्लिम(असिम साह) लाई बनाउने सम्भावना छ।

अरु क्लस्टरबाट कसलाई पठाउने भन्नेमा विवाद नभए पनि खस आर्य क्लस्टरबाट पुरुष पठाउने कि महिला भन्नेमा विवाद देखिएको छ।

खसआर्यको क्लस्टरबाट डाक्टर चन्दा कार्की र निशा डांगीलाई पठाउने कि गणेश कार्की र दीपक बोहोरालाई पठाउने भन्नेमा विवाद देखिएको हो।यो खबर सेतोपाती मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *