सबैले खरिद गर्न चाहेको सामान कम मूल्यमा उत्पादन गरी बिक्री गर्न सक्ने हो भने व्यापारबाट छिट्टै र धेरै आम्दानी लिन सकिन्छ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को व्यापार मोडल ठ्याक्कै यही हो।
फिफाले आयोजक राष्ट्रलाई पैसा दिन्छ। खेलाडी तथा विजेतालाई पुरस्कार, उनीहरूलाई आवतजावत खर्च, बस्ने तथा खाने सुविधा प्रदान गर्छ भने प्रत्येक खेलाडीलाई ३ लाख ७० हजार डलर पनि दिन्छ।
साथै विश्वकपमा प्रयोग हुने अन्य जनशक्ति र क्लबाट खेलाडीलाई विश्वकप खेल्न पठाएबापत फिफाले ६३ देशका ४६१ क्बललाई सहयोग पनि गर्छ। क्लबलाई वितरण गर्न फिफाले २० करोड डलर छुट्टाएको छ।
फिफाले खेलमा सहभागी ३२ वटै राष्ट्रलाई पैसासमेत दिन्छ। ठूलो खर्चका बाबजुद पनि फिफाले मनग्य मुनाफा आर्जन गर्छ।
सन् २०१८ मा फिफाले रूसले विश्वकपको आयोजना गरेको थियो। त्यहाँबाट उसले ६ अर्ब ४० करोड डलर आर्जन गर्यो।यो खबर सेतोपटी मा छ ।