विकासप्रेमी नेता इश्तियाक भन्छन् , विकास लिएर फेरि आउनेछौं´ !

उज्यालो खबर मुख्य खबर

बाँके क्षेत्र नं २ मा पहिलो चरणको चुनावी घरदैलो अभियान लगभग अन्तिम चरणमा पुर्‍याएको जनता समाजवादी पार्टीले दोस्रो चरणको अभियान तयारी थालेको छ।

केहीदिन अघि क्षेत्र नं २ भित्र पर्ने नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका २७ वटै वडाहरूबाट एकैसाथ सुरु भएको चुनावी घरदैलो अभियानलाई जसपाले निकै आक्रामक बनाएको थियो।घरदैलोका क्रममा आम मतदाताले जसपाप्रति निकै उत्साहित देखिएको प्रचार प्रचारमा खटिएका नेताहरूले बताएका छन्।बुधबार पनि घरदैलो तथा कार्यकर्ता भेला र भेटघाट तीव्र भएको थियो।पार्टीको एउटा भेलामा बोल्दै जनता समाजवादी पार्टीका नेता तथा क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले जसपाका उम्मेदवारहरूलाई विजयी बनाउनका लागि मतदाताहरू निकै उत्साहित र आतुर देखिएको बताए।‘

मतदाताको यो उत्साहले हामीलाई पनि उर्जा प्राप्त भएको छ’ उनले भने ‘तपाईंहरूको यो उत्साह हाम्रा लागि खबरदारी पनि हामीले तपाईंहरूसँग गरेका बाचाहरू भुल्नेछैनौं र फेरि पनि विकासका योजनाहरू लिएर घरदैलोमा आउनेछौं।’ उनले अहिलेको समयमा मतदाताहरू कसैको झुट र कसैले फैलाएको भ्रमको पछि नलाग्ने भन्दै चुनावका बेला विवेकपूर्ण मतदाता हुनेमा आफू ढुक्क भएको पनि बताए। ‘हामी ढुक्क छौं, अब हाम्रो परीक्षाको अन्तिम दिन पनि नजिकिइरहेको छ’ उनले भने ‘आजका मतदातालाई झुक्याउने प्रयास कसैले पनि नगरेहुन्छ। सबैजना सचेत हुनुहुन्छ। यहाँ कामको मूल्याङ्कन हुन्छ। हल्ला, आश्वासन र भ्रम अनि झुटको केही लाग्नेवाला छैन।

घरदैलो अभियानका क्रममा विभिन्न पार्टीहरू परित्याग गरेर २०० भन्दा धेरै जसपामा प्रवेश गरेका थिए। उनीहरूलाई प्रतिनिधिसभा सदस्यका उम्मेदवार राई तथा प्रदेशसभा सदस्यका उम्मेदवार आदेश अग्रवाललगायतका नेताहरूले स्वागत र सम्मान गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *