
१३ असोज, हेटौंडा । कमल थापा एमालेका कार्यालयहरुमा बेलाबखत झुल्किनु अनौठो कुरो त होइन, तर चुनावकै मुखमा चाहिँ पक्कै चर्चायोग्य खबर हो ।
नेकपा एमालेसँग चुनावी तालमेल गर्ने तयारीमा रहेका राप्रपा नेपालका केन्द्रीय अध्यक्ष थापा बुधबार बिहान टुप्लुक्क एमाले पार्टी कार्यालय मकवानपुरमा पुगे । एमालेको मकवानपुर जिल्ला कमिटीले दशैं, तिहार र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन थापा पुगेपछि उनी सबैको चासो र चर्चामा रहे ।यो खबर आनलाईन खबर मा छ ।