१७ पुस, काठमाडौं । अध्यादेश प्रकरण र प्रतिनिधिसभा विघटनपछि विभिन्न आन्दोलन सुरू भए । त्यसको प्रत्यक्ष/अप्रत्यक्ष असर स्वास्थ्य क्षेत्रमा पनि पर्यो । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका बेला सडक आन्दोलनमा निस्किएका नेताहरूलाई पछ्याउँदै जनताले पनि निस्फिक्री सडक तताएका छन् ।
यसले जनस्वास्थ्य क्षेत्रमा काम गर्नेहरुलाई भने स्तब्ध बनाएको छ । डा. शरद वन्त यो कदमलाई आत्मघाती मान्छन् । उनकै शब्दमा, गलत समयमा चालिएको गलत राजनीतिक कदम कोरोना भाइरसभन्दा खतरनाक हुनसक्छ । भन्छन्, ‘जे भइरहेको छ, गलत भइरहेको छ । यसले भयानक असर पार्न सक्छ ।’