‘पुन्ही (इन्द्रजात्रा) १ फिट लामो ३ वटा जोडिएको सुइराेले जिब्राे छेडेर नगर परिक्रमा !

अन्य उज्यालो खबर मुख्य खबर

मध्यपुर थिमि । येयाः पुन्ही (इन्द्रजात्रा) का अवसरमा शनिबार राति मध्यपुर थिमि दिगु भैरव मन्दिर अगाडिको डबलीमा जिब्रो छेड्ने जात्रा सम्पन्न गरियाे । मध्यपुर थिमि न.पा.- ४ बालकुमारीका वीरेन्द्र भक्त गजु श्रेष्ठले जिब्राे छेडेका हुन् । फलामको करिब १ फिट लामो ३ वटा जोडिएको सुइराेले उक्त जिब्राे  छेडिएको हो ।

जिब्राे छेडसिकेपछि दिगु भैरव, दुईपोखरी, बालकुमारी, शङखचोक, सूर्यविनायक नपाको दक्षिण बाराही, परिक्रमा गरेर पुनः मध्यपुर थिमिको चपाचो, बाहाखा, नगदेश, बोडे हुँदै बालकुमारी मन्दिरमा पुगेर सियो निकालिएको थियो । जिब्राे छेडेर करिब २० केजीको १७ वटा दीपसहितको अर्ध चन्द्राकार भ्ये (दीप) काँधमा बोकेर करिब ४ घण्टासम्म उनले नगरका विभिन्न ठाउँ परिक्रमा गरे । यसअघि २०७४ मा पनि उनले नै जिब्रो छेडेका थिए । यो खबर न्युज24 मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *