राहदानी विभागको वेटिङ रुममा प्रयोग भएको पार्किङ खाली गराइयो !

उज्यालो खबर मुख्य खबर

काठमाडौं : काठमाडौं महानगरपालिकाले राहदानी विभागको पार्किङमा रहेका अवैध संरचना हटाएको छ। विभागको अन्डर ग्राउण्ड पार्किङमलाई वेटिङ रुमका रूपमा प्रयोग भएपछि त्यहाँ भएका संरचनाहरू हटाएको हो। 

शुक्रबार दिउँसो नगर बल प्रहरी, महानगरीय ट्राफिक प्रहरीसँगको सहकार्यमा त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेको थियो। विभागको पार्किङका लागि बनाइएको बेसमेन्टमा कार्यालय राखिएको पाइएको छ। जसकारण सवारी पार्किङ अव्यवस्थित बनेको छ।

सेवाग्राहीलाई विभाग परिसरमा पार्किङको सुविधा नहुँदा ट्राफिक व्यवस्थापन सकस बन्दै गएको छ। काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले विभागको बेसमेन्टमा पार्किङ नभएको बताए। उनले भने, ‘पार्किङ अन्य प्रयोजनमा प्रयोग भएको पाइयो। त्यहि भएर महानगरको टोली विभाग पुगेको हो।’

महानगरले त्यस स्थानमा राखेका कुर्सीहरू हटाउन निर्देशन दिएको छ। अन्डरग्राउड पार्किङमा रहेका कुर्सीहरु महानगरले हटाएको छ।

विभागले बनाएको बेसमेन्ट अन्य प्रयोजन अर्थात सेवाग्राही बस्ने स्थानका रूपमा प्रयोग गरिएको छ। महानगरले अनाधिकृत संरचना भत्काउन ३५ दिने सूचना जारी गरेको थियो। 

यसअघि बिहीबार नयाँ बानेश्वरस्थित अल्फाबिटाले अनधिकृतरूपमा बनाएको संरचना काठमाडौं महानगरपालिकाले भत्काएको थियो। नक्साविपरित संरचना बनाएको भन्दै महानगरपालिकाका मेयर बालेन्द्र साहको नेतृत्वको संरचना भत्काएको हो।

अल्फाबिटाले अनधिकृतरूपमा फार्मेसी सञ्चलान गर्दै आएको थियो। ३५ दिने सूचना टाँस गर्दा पनि संरचना हटाउन नमानेपछि बालेन्द्र दलबलसहित बिहीबार अल्फाबिटा पुगेका थिए। त्यहाँ पुग्दा सञ्चालकले नक्सा देखाउन आग्रह गरेका थिए।  यो खबर अन्नपूर्ण मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *