बर्दी लगाएका सईको स्टेजमा अश्लिल डान्स!

उज्यालो खबर मुख्य खबर

नर्तकीसँग उत्तेजित हाउभाउमा नाचेका नेपाल प्रहरीका नायब निरीक्षक (सई) राजकिशोर साह कारबाहीमा परेका छन्।

अर्केष्ट्रामा भइरहेको नाचगानमा बर्दीमै रहेका सई साह नाचेको भिडिओ सार्वजनिक भएपछि कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए। 

गढीमाई नगरपालिका-६ धरमपुरमा कृष्ण जन्माष्टमीको दिन लागेको मेलाको अर्केष्ट्रामा सई साह नाचेको भिडिओ बाहिरिएको थियो। 

उनीमाथि अनुसन्धान गर्न धरमपुर चौकीको प्रमुखको जिम्मेवारी खोसेर धनुषा गणमा पठाइएको मल्लले बताए। 

‘भिडिओ बाहिरिएपछि उनलाई कारबाही स्वरूप हिजै जिम्मेवारीबाट हटाइएको छ। थप अनुसन्धानको लागि उनलाई धनुषा गणमा पठाइएको छ,’ उनले सेतोपाटीसँग भने। 

बर्दीमा रहेका बेला पदीय आचरणविपरीत उनले स्टेजमा गएर अस्वभाविक रूपमा नाचेको भिडिओमा देख्न सकिन्छ। यो खबर सेतोपाटी मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *