लगानीकर्ताले सेयर बजारमा १३ खर्ब रुपैयाँ गुमाए !

आर्थिक परिवेश उज्यालो खबर मुख्य खबर

काठमाडौं । पछिल्लो समय निरन्तर ओरालो लागिरहेको सेयर बजारमा लगानीकर्ताले १३ खर्ब रुपियाँ गुमाएका छन् ।

एक वर्षअघि सेयर बजार उचाइमा पुगेका बेला नेप्सेमा सूचीकृत कम्पनीको बजार पुँजीकरण ४४ खर्ब रुपियाँसम्म पुगेकामा अहिले ३१ खर्बको हाराहारीमा झरिसकेको छ।

यसैगरी गत भदौ २ गते ३२२० को बिन्दुलाई छोएको नेप्से परिसूचक अहिले दुई हजारको हाराहारीमा झरेको छ । सोही दिन २१ अर्ब ३१ करोड ३४ लाख रुपियाँको सेयर कारोबार भएकामा अहिले एक अर्ब रुपियाँभन्दा तल झर्न थालेको छ।

गत वर्षको भदौमा उत्साहजनक रूपमा उकालो लागेर ३२ सय नजिक पुगेको बजार अहिले दुई हजारको बिन्दुमा पुगेको हो। केही सीमित व्यक्ति र समूहले ५१ वटा कम्पनीको मूल्य अस्वाभाविक रूपमा बढाएको देखिएको भन्दै प्रतिवेदन अर्थ मन्त्रालयमा बझाएपछि सेयर बजारमा ठूलो तरङ्ग पैदा भएको थियो ।

त्यसपछि पनि सम्हालिँदै गरेको बजार चालू आर्थिक वर्षको मौद्रिक नीति गत साउन २९ गते आएपछि घट्न थालेको हो।

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *