नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा मेयर तथा उपमेयरमा गठबन्धनले जित हासिल गरेको छ ।
मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जनता समाजवादी पार्टी (जसपा) नेपालका कमरुद्दिन राई विजयी भएका हुन् ।
मेयरमा विष्टले २३४६० मत ल्याएर निर्वाचित भएका हुन् भने उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका पशुपतिदयाल मिश्रले ११६७५ मत ल्याएका छन् ।
उता उपमेयरमा जनता समाजवादी पार्टी (जसपा) का कमरुद्दिन राई १७९५० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेकी शान्तिदेवी ढकालले १०९१५ मत पाइन् ।