एमाले सांसद बानियाँका कान्छा छोरा अर्पण बानिया ब्रेटा पेस्तोलसहित पक्राउ !

उज्यालो खबर मुख्य खबर

मुगु । नेकपा एमालेका प्रतिनिधि सभा सदस्य सांसद मोहन बानियाँका कान्छा छोरा पक्राउ परेका छन् ।

जिल्लाको खत्याड गाउँपालिका वडा नं ७ माझचौरमा सांसद बानियाँका कान्छा छोरा अर्पण बानिया ब्रेटा पेस्तोलसहित पक्राउ परेका हुन ।

मङ्गलवार दिउँसो ३ बजे तिर शङ्कास्पद अवस्थामा प्रहरीले चेक जाँच गर्दा उक्त सामान भेटिएको प्रहरीले जनाएको छ । प्रहरी नायव निरीक्षक जुन बहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले अर्पणलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

कार्यालयका अनुसार पक्राउ परेका बानियाँलाई हाल प्रहरी चौकी माझ चौरमा राखिएको छ भने भोलि नै जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान गरि हातहतियार कसुर सम्बन्धी कानुन बमोजिमको मुद्दा अगाडि बढाइने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *