जनताको लागि निर्णायक भुमिका निर्वाह गर्नको लागि राजनीति क्षेत्रमा कमरुद्दिन राई !

उज्यालो खबर मुख्य खबर

बाँके बैशाख २५ गते ।
जनताको सेवामा दिनरात लागि परेका कमरुद्दिन राई हिजो आज घामपानी दिनरात धुलो धुवाँ नभनी चुनावी अभियनमा होमिएका छन् ।

उनी आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको गठबन्धन तर्फका नेपालगन्ज उपमहानगरपालिकाका नगर उपप्रमुख पदका बलिया उम्मेदवार हुन् । उनी राजनीति क्षेत्रमा प्रवेश गर्नु अघि एक निष्ठावान समाजसेवीका रुपमा चिनिन्थे भने अहिले उनि एक राजनीतिज्ञको रुपमा समग्र बाँके जिल्ला भरी पपुलर भएका छन् ।

जनतको दुखमा भिज्न सक्ने र जनताको दुखमा मलमपट्टि गर्न सक्ने खुबी भएकै कारण उनी जनमनमा बसेको राई बताउछन् । राईलाई आफू समाजसेवी बाट एकाएक राजनीतिमा किन आउनु भो भनेर प्रश्न सोध्दा उनले समाजसेवी बनेर मात्रै जनताको अनि समग्र बिकास एकै पटक संभव नभएको र समाजसेवाले मात्र निर्णय गर्ने हरेक क्षेत्रमा आफ्नो पहुँचले नभ्याउने भएर गाउँ समाजमा कतिपय कुरा आफुले गर्न खोदाखोज्दै पनि नीति नियम र बिधान भित्र रहेर काम गर्नुपर्ने हुदा समग्र नगरको बिकास अनि जनताको आर्थिक सामाजिक शैक्षिक राजनैतिक सास्कृतिक स्तरोन्नतिको लागि आफूले जनताको लागि निर्णायक भुमिका निर्वाह गर्नको लागि राजनीति क्षेत्रमा होमिएको बताए।

राईको कार्य कुशलता देखि प्रभावित भएका स्थानिय भन्छन् राम्रो व्यक्तिले टिकट पाएका छन् हामिलाई पाटी चिन्ह मतलब छैन हामिले यसपटक कमरुद्दिन राईलाई नै भोट हालेर जिताउछौ । उनिले हामिलाई हरेक समस्यामा साथ दिएका छन् कोरोनाको समयमा मान्छेले मान्छे छुन डराउने अवस्थामा पनि उनी घरघरमा जनताको स्वास्थ अवस्था बुझ्दै स्वास्थ सामग्री र खाद्यन्न लिएर पुगेका थिए त्यसैले यसपालि मेरो एक भोट कमरुद्दिन लाई भन्ने योजना सबैले बनाएको स्थानीय बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *