पाँचथरमा घर बनाउन शुभसाइतको पूजा गर्नेक्रममा पहिरो झर्दा पुजारीकाे मृत्यु !

उज्यालो खबर मुख्य खबर

फिदिम । पाँचथरमा घर बनाउन शुभसाइतको पूजा गर्नेक्रममा पहिरो झर्दा पुरीएर एकको मृत्यु भएको छ । पहिराेमा परेर फिदिम नगरपालिका -१ बुद्ध चोकका अन्दाजी ६५ वर्षका गोपाल ढुंगानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाले जानकारी दिएका छन् ।

सोमबार बिहान ८ बजेतिर स्थानीय मदन पन्धाकको घडेरीमा घर बनाउन पूजा गर्नेक्रममा ढुंगानको पहिरोले पुरिएर मृत्यु भएको हो ।  शवलाई पोष्टमार्टका लागि जिल्ला अस्पताल पाँचथर लैजाने तयारी भइरहेको डीएसपी थापाले जानकारी दिएका छन् ।

पहिरो झरेको स्थान पाँचथर सदरमुकाम फिदिमको मुख्य बजार हो ।  घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी थापाले जानकारी दिएका छन् ।

यो खवर news24 मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *