ओखलढुंगामा जिप दुर्घटना हुँदा दुुईको  मृत्यु !

उज्यालो खबर मुख्य खबर

ओखलढुंगामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोलुखुम्बुबाट विराटनगर जाँदै गरेको जिप बुधबार बिहान करिब ९:३० बजे मानेभञ्ज्याङ गाउँपालिका ६ भडारे खोला नजिकै दुर्घटना  भएको थियाे । 

जिपमा नौ जना सवार रहेकामा दुई जनाको घटनास्थलमै मृत्यु भएको र अन्य घाइतेहरुको उद्वारकार्य जारी रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुकदेव खनालले जानकारी दिए ।

घाइतेहरुको उदयपुरको घुर्मी स्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । 

गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार गरेर काठमाडौं रेफर गर्ने तयारी भइरहेको छ । सवारी नम्बर, मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । सडकबाट झरेको जिप भिरमा अड्किएको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *