मानव हड्डीसहित विराटनगरमा एक जना पक्राउ !

उज्यालो खबर मुख्य खबर

मानव हड्डीसहित विराटनगरमा एक जना पक्राउ परेका छन्।

सशस्त्र प्रहरीको सीमा सुरक्षा बल रानीको टोलीले भारतको विहार पुर्णिया जिल्लाको पूर्णिया नगरपञ्चायतका २६ वर्षीय आदित्य सिन्हालाई पक्राउ गरेको हो।

प्रहरीले मंगलबार विराटनगर–१५ स्थित रानी नाकाको १ नम्बर ढाटबाट सिन्हालाई मानव अंगसहित पक्राउ गरेको हो।

सिन्हाको साथबाट प्रहरीले मानव खप्पर, खुट्टा, हात, करङ, बंगरा, काँध, घाँटी, हिप, ढाड, औंला र कुरकुच्चाका हड्डी गरी ४६ वटा मानव हड्डी बरामद गरेको हो।

उनको साथबाट प्रहरीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इन्टर्नसीपको समयमा सन् २०१६ मा बनाएको परिचयपत्र पनि बरामद गरेको छ।

सिन्हाले भारतका संग्रहालयमा बिक्रीका लागि मानव हड्डी लैजान खोजेको आशंका प्रहरीको छ।

पक्राउ परेका सिन्हाले भने आफूलाई मानव अंग ओसारपसार अवैध हो भन्ने जानकारी नभएकोले भारत लैजान लागेको बताएका छन्।

उनले मेडिकल पढ्दा आवश्यक पर्ने भएकोले साथीसँग मागेर लैजान लागेको बताए। सिन्हाले एमबिबिएसको अन्तिम परीक्षा दिएर इन्टर्नशीपमा रहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *