श्रीलंकामा फेसबुक, ट्विटर र ह्वाट्सएप चलाउन प्रतिबन्ध !

आर्थिक परिवेश उज्यालो खबर मुख्य खबर

एजेन्सी । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाइएको छ ।

कोलोम्बो ग्याजेटका अनुसार प्रदर्शनलाई रोक्न सरकारले आइतबारदेखि फेसबुक, ट्विटर, ह्वाट्सएपलगायत सामाजिक सञ्जाल चलाउन देशभरि प्रतिबन्ध लगाएको हो ।

श्रीलंकामा राष्ट्रपति र सरकारविरूद्ध प्रदर्शनहरू बढ्न थालेपछि शुक्रबार राति संकटकाल घोषणा गरिएको थियो । संकटकालसँगै सरकारले शनिबार साँझ देशभरि ३६ घन्टे कर्फ्यू लगाइएको थियो ।

सरकारले कहिलेसम्म सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउँछ भन्ने एकिन छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *