नेपाली फिल्म ‘चिसो मान्छे’को टिजर सार्वजनिक भएको छ।
फिल्ममा स्वस्तिमा खड्का तथा अर्पण थापालाई देखाइएको छ। दिपेन्द्र के खनालले निर्देशन गरेको फिल्मको निर्माण शर्मिला पाण्डेले गरेकी हुन्।
केही समयअघि सार्वजनिक भएको पोस्टरमा स्वस्तिमाको चौतर्फी चर्चा भएको थियो।
फिल्मको प्रदर्शनम मिति असार ३ गतेलाई तोकिएको छ।
‘चिसो मान्छे’ एउटा ट्राभल स्टोरी हो।
चलचित्रमा वैदेशिक रोजगारीमा गएका युवकको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट बाजुरासम्म पुर्याउँदाको कथा समेटिएको छ।
स्वस्तिमा पुष्पा नामकी २० वर्षीया महिला हुन्।
वैदेशिक रोजगारमा गएका उनका श्रीमानको मृत्यु भएको हुन्छ। काठमाडौंबाट श्रीमानको शव लिएर बाजुरा फर्किने पुष्पाको यात्रा नै फिल्मको मुख्य कथा हो।
स्वस्तिमा सुदूरपश्चिम पहाडी जिल्लाकी महिलाको हुलियामा देखिएकी छिन्।