अमेरिकाले युक्रेनलाई १३ अर्ब डलर सुरक्षा सहायता दिने

मुख्य खबर

वासिङटन डिसी : अमेरिकाले रुससँग युद्धरत युक्रेनलाई १३ अर्ब डलरभन्दा बढी सहायता दिने भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई १३ अर्ब डलर भन्दा बढीको सुरक्षा सहायता समावेश एक विधेयकमा हस्ताक्षर गरेका छन्।

रुसी राष्ट्रपतिको युक्रेनमाथिको आक्रमणले विश्वका सबै मानिसलाई एकीकृत बनाएको र अमेरिकी संसद्‌मा पनि डेमोक्रयाट र रिपब्लिकनहरूलाई एक ठाउँमा उभ्याएको उनले बताए।

नेटोको आपत्कालीन बैठकमा भाग लिन बाइडेन आगामी साता युरोप जाने भएका छन्। बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *