अख्तियारले एउटै गाउँका २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

आर्थिक परिवेश उज्यालो खबर मुख्य खबर

सरकारी स्कुलको जग्गा मिलेमतोमा बिक्री गरेको आरोपमा एउटै गाउँका २० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । जग्गा बिक्रीमा संलग्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक तथा स्थानीयविरुद्ध अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । तनहुँ शुक्लागण्डकी नगरपालिका–१६ स्थित हिमाली प्राविको जग्गा २७ वर्षअघि मिलेमतोमा बिक्री भएको थियो । 

११ वैशाख ०५१ को विद्यालय व्यवस्थापन समितिको बैठकले साविक ढोरफिर्दी गाविसमा रहेको सरकारी/सार्वजनिक जग्गालाई घरसारको कागजात बनाई आफैँले घडेरी नम्बर कायम गरी सरकारी सार्वजनिक सम्पत्ति (जग्गा) गैरकानुनी रूपमा भोगचलन गराएको अख्तियारको अभियोग छ ।

विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष यामबहादुर बानिया, सदस्य–सचिव (प्रधानाध्यापक) यामबहादुर ठकुरी, सदस्यहरू घनश्याम बानिया, हरिकुमारी महत, धुनबहादुर पुलामी, ज्ञानबहादुर बानिया र खडकबहादुर बानियाले एक लाख ६९ हजार ५१ रुपैयाँ लिई सरकारी जग्गा भोगचलन गर्ने गराउने कसुर गरेको पुष्टि भएको आयोगले जनाएको छ । यामबहादुर बानिया, धुनबहादुर, ज्ञानबहादुर र खडकबहादुरको मृत्यु भइसकेको छ ।    

यो खवर आजको नयाँपत्रिका मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *