आजदेखि बाँकेमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु, कस्ता ब्यक्तिले खानु हुदैन ?

उज्यालो खबर मुख्य खबर स्वास्थका कुरा

बाँके फागुन २८ गते ।
बाँकेमा आजदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु हुँदैछ । जिल्लाका आठवटै पालिकामा पालिकाले आ आफ्नै तरिकाले कार्यक्रमको आयोजना गरी अभियानको सुरुवात गर्दैछन् ।

बाँकेमा जिल्लामा ५ लाख ६८ हजार मानिसलाई औषधि दिइने लक्ष्य छ । त्यसका लागि ५६० जना स्वास्थ्यकर्मी तथा ७८९ जना महिला स्वास्थ्य स्वयमसेविका परिचालन भएको स्वास्थ्य कार्यालय बाँकेका हात्तीपाइले रोग फोकलपर्सन दुर्गा गौतमले जानकारी दिनुभयो ।

दुई वर्षमुनिका बालबालिका, गर्भवती महिला, दीर्घरोगी, एक हप्ता नपुगेका सुत्केरी बाहेक अरु सबैले औषधि सेवन गर्न सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *