आज रुसले आफ्नो ‘विरोधी देश’को सूची निकाल्यो, कुन–कुन परे ?

उज्यालो खबर मुख्य खबर

एजेन्सी । रुसले आफ्ना ‘विरोधी देश’को सूची अनुमोदन गरेको छ । रुस सरकारले आफ्ना सुरक्षा बलले उसकै शब्दमा युक्रेनमा ‘विशेष सैन्य कारबाही’ सुरु गरेपछि आफ्नो देश, कम्पनी र नागरिकमाथि प्रतिबन्ध लगाउने देश र क्षेत्रका नामहरू समेटेको सूची अनुमोदन गरेको हो ।

यी हुन् रुसका ‘विरोधी देश’हरू : 
१. संयुक्त राज्य अमेरिका
२. क्यानडा
३. युरोपियन युनियनमा आवद्ध देशहरू
४. संयुक्त अधिराज्य बेलायत (जर्सी, एंगुइला, द ब्रिटिस भर्जिन आइल्याण्ड, गिब्राल्टार सहित)
५. युक्रेन
६. मोन्टेनेग्रो
७. स्विट्जरल्याण्ड
८. अल्बानिया
९. एन्डोरा
१०. आइसल्यान्ड
११. लिक्टेन्स्टाइन
१२. मोनाको
१३. नर्वे
१४. सान मारिनो
१५. नर्थ म्यासेडोनिया
१६. जापान
१७. दक्षिण कोरिया
१८. अस्ट्रेलिया
१९. माइक्रोनेसिया
२०. न्यू जील्यान्ड
२१. सिंगापुर
२२. ताइवान (ताइवानलाई चीनले आफ्नो प्रदेश मान्छ तर त्यहाँ सन् १९४९ देखि आफ्नै सरकार छ ।) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *