सब्बिर अन्सारीले गरे वडा अध्यक्षको उम्मेदवारी घोषणा

उज्यालो खबर मुख्य खबर

बाँके फागुन २३ गते ।
स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै चुनावी गतिविधिहरु बढ्न थालेका छन् । उम्मेदवारी घोषणासँगै मतदातामाझ भेटघाट गर्ने र आफ्ना चुनावी एजेन्डाहरु राख्नेक्रम सुरु भएको छ ।

यसैक्रममा नेकपा एकिकृत समाजवादीका नेता मोहम्मद सब्बिर अन्सारीले नेपालगन्ज उपमहानगरपालिका–५ को वडाअध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

उहाँले आगामी बैशाख ३० गते हुने चुनावका लागि वडा नम्वर ५ को अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । समाजसेवामा सक्रिय अन्सारीले आफुनो उम्मेदवारी स्थानीयबासीको दुखमा साथ दिनका लागि भएको बताउनुभएको छ ।

स्थानीय वडाको विकास, सम्बृद्धि र स्थानीयबासीको पीरमर्का र समस्या समाधानका लागि आफुले पहल गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *