हतियार र ९० ग्राम ब्राउन सुगर सहित खजुराबाट तीन जना पक्राउ

उज्यालो खबर मुख्य खबर

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका १ बहादुरपुरबाट प्रहरीले हतियारसहित लागु औषध कारोबारीलाई पक्राउ गरेको छ ।

बाँकेका एसपी श्यामकृष्ण अधिकारीका अनुसार करिब ९० ग्राम ब्राउन सुगरसहित स्थानीय २५ वर्षका रबिन्द्र थापा, २७ वर्षका मनिष थापा र २८ वर्षको सुरेश मगरलाई पक्राउ गरिएको हो ।

राधापुर प्रहरी चौकीको कमान्ड सम्हालेको एक हप्तामै चौकीका इन्चार्ज रबिन्द्र बहादुर बमको टोलीले यो सफलता हात पारेको हो ।

रबिन्द्रको पुरानो घरमा बसेर उनिहरुले लागु औषध ब्राउन सुगर सेवन तथा कारोबार गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो ।

त्यहीँ अनुसार घटनास्थल पुगेको प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । उक्त ब्राउन सुगर रबिन्द्रको साथबाट बरामद भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *