नेपालमा आन्तरिक हवाई उडानको भाडा वृद्धि, कुन रुटमा कति ? (सूचीसहित)

उज्यालो खबर मुख्य खबर

काठमाडौं । नेपाल वायुसेवा संचालक संघले आन्तरिक हवाई उडानको भाडा वृद्धि गरेको छ । आइतबार (फागुन २२) देखि लागू हुने गरि संघले आन्तरिक तर्फको हवाई भाडा वृद्धि गरेको हो ।

संघले आन्तरिक उडानतर्फ ९० रुपैयाँदेखि ५४० रुपैयाँसम्म भाडा वृद्धि गरेको छ । आइतबारदेखि लागू हुने गरी तोकिएको भाडाअनुसार सबैभन्दा बढी विराटनगर–नेपालगञ्ज रुटमा भाडा वृद्धि भएको छ ।

विराटनगर–नेपालगञ्ज रुटमा ५४० रुपैयाँले भाडा वृद्धि गरिएको छ भने सबैभन्दा कम काठमाडौ–सिमराको ९० रुपैयाँले भाडा वृद्धि भएको बढेको छ ।

यस्तै, काठमाडौं–धनगढीको ४४५ रुपैयाँ, काठमाण्डौ–भद्रपुर ३०० रुपैयाँ, काठमाण्डौ–सुर्खेत ३४५ र काठमाण्डौ–नेपालगञ्जको ३३० रुपैयाँले भाडा वृद्धि गरिएको छ ।

नेपाल आयल निगमले गत बिहीबार पेट्रोलियम पदार्थ पेट्रोल–डिजेल र मट्टीतेलसँगै हवाई इन्धनको समेत मूल्यवृद्धि गरेपछि ह्वाई उडान कम्पनीहरुले पनि भाडा वृद्धि गर्न बाध्य भएका हुन् ।

हेर्नुहाेस् सूची :

साभार news24nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *