देशभर शान्ति सुरक्षा कायम गर्न गृह मन्त्रालयको निर्देशन

मुख्य खबर

काठमाडौं । सरकारले कानून विपरीतका गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र निगरानी बढाई देशभर शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको छ ।

गृह मन्त्रालयले आज एक सूचना जारी गरी देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई त्यस्तो निर्देशन दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *