अभिभावकबाहेक अरूले एक स्थानबाट अर्कोमा लैजान  प्रशासनको अनुमति लिनु पर्ने

उज्यालो खबर मुख्य खबर शैक्षिक निगरानी

बालबालिकालाई अभिभावकबाहेक अरूले एक स्थानबाट अर्कोमा लैजान जिल्ला प्रशासन कार्यालयको अनुमति लिनु पर्ने भएको छ।

गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै आमा-बुवा र अभिभावकबाहेक अन्य व्यक्ति वा संस्थामार्फत् बालबालिकाहरूलाई नेपालभित्र एक स्थानबाट अर्कोमा लैजानु परेमा सम्बन्धित तहको सिफारिस लिन भनिएको छ। सो सिफारिस जिल्ला प्रशासन कार्यालयको स्वीकृतिमा मात्रै लैजान पाउने मन्त्रालयले जनाएको छ।

बालबालिकालाई अध्ययनको राम्रो अवसर दिलाउने, पालनपोषण गरिदिने भन्दै संघ संस्थाको नाममा बालबालिकाहरूलाई लिने र विदेश पठाएर घरेलु कामदारको रूपमा प्रयोग गरेको भन्ने गुनासो तथा उजुरी मन्त्रालयमा परेको थियो।

साथै बालबालिकाहरूलाई यौन शोषण गर्नेलगायतका गैरकानुनी क्रियाकलापमासमेत सहभागी गराएको भन्ने उजुरी परेको थियो।

नेपालबाट विदेशमा शैक्षिक प्रयोजनको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी पत्र, एनओसी जारी नहुने हकमा स्थानीय प्रशासनको स्वीकृति चाहिने गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

त्यस्तै अन्य प्रयोजनको लागि भए महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र सम्बन्धित देशको सरकारी निकायले प्रदान गरेको अनुमति वा स्वीकृति पत्र भएमा मात्र लैजान पाउने व्यवस्था गरेको हो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *