बाँके माघ १६ गते ।
सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुखमा एसपी जनक बस्नेत सरुवा भएर आएलगत्तै प्रमुख बस्नेतले सबै मातहतलाई तस्करी र अवैध आयात रोक्न कडाईका साथ प्रस्तुत हुन निर्देशन दिएपछि नाकामा चेकजाँच कडाइ भएको छ ।
जस्का कारण नाकाबाट हुने अवैध गतिविधि रोकिएको छ । एसपी बस्नेतको निर्देशन लगत्तै प्रहरीले ठुलो परिमाणमा भारतबाट तस्करी गरेर ल्याईएका सामान बरामद गर्न थालेको छ ।
सो क्रममा सशस्त्र प्रहरीले नेपालगन्जको परस्पुर हुँदै भारतबाट अवैधरुपमा भन्सार छली ल्याउदै गरेका ठेला रिक्सासहित कुखुरा र जमुनाह -१५ बाट लत्ताकपडासहित तीन लाख ८३ हजार ८ सय मूल्य बराबरको सामान बरामद भएको हो ।
प्रहरी निरीक्षक जिवलाल बुढाको कमाण्डमा खटिएको सशस्त्रको टोलीले बरामद गरेको कुखुरा पशु क्वारेन्टाइन र अन्य सामान भने भन्सारलाई बुझाएको छ ।
जमुनाह नाकामा कडाइ गरिएपनि अन्य नाकाहरुबाट अवैध धन्दा भने रोकिएको छैन् । यसअघि दुईलाख बढीको सामान बरामद गरेको थियो ।