बाँकेमा ई-रिक्साको हुड र डिक्कीबाट सुपारी तस्करी

उज्यालो खबर मुख्य खबर

नेपालगन्ज : बाँके प्रहरीले नेपालगन्जबाट सुपारी बरामद गरेको छ । भारत तस्करी भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्नेक्रममा ई-रिक्सासहित सुपारी बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी सहायक निरीक्षक विवेक अधिकारीको टोलीले नेपालगञ्ज उपमहानगरपालिका- १० बाट बुधबार पाँच बोरि सुपारी बरामद गरेको हो ।

ई-रिक्साको डिक्कि र हुडमा लुकाई छिपाई लैजादै गरेको अन्दाजी ९६ हजार रुपैया बराबरको उक्त सपारी रहेको प्रहरीले जनाएको छ ।

सुपारी बोकेको ई-रिक्सा सहित आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा पठाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *