लुम्बिनीमा गठबन्धनका उम्मेदवार विजयी

उज्यालो खबर मुख्य खबर

काठमाडौं । लुम्बिनी प्रदेशमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

गठबन्धनका तर्फबाट काँग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) राष्ट्रिय सभा सदस्यमा विजयी भएका हुन् ।

गठबन्धनका उम्मेदवारहरुले नेकपा एमालेबाट उम्मेदवार बनेका रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारलाई पराजित गरेका छन् । बुधबार विहान ९ बजे दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा सम्पन्न भएको मतदानमा प्रदेशसभा सदस्यतर्फ ८१ र स्थानीय तहतर्फ २१३ प्रमुख र उपप्रमुखले मतदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *