अभिनेत्री स्वस्तिमा खड्काको दक्षिण भारतीय फिल्ममा आइटम गीत सार्वजनिक

उज्यालो खबर उज्यालो रंगमन्च मुख्य खबर

नेपाली अभिनेत्री स्वस्तिमा खड्काको भूमिका रहेको दक्षिण भारतीय फिल्म ‘थिरीमाली’ को आइटम गीत सार्वजनिक भएको छ।

मूल रूपमा मलयालम भाषामा बनेको यो फिल्मको हिन्दी गीत शनिबार सार्वजनिक भएको हो। फिल्म मलयालमसँगै हिन्दी, तेलेगू र तामिल भाषामा पनि सार्वजनिक हुनेछ।

तीन मिनेट ५३ सेकेन्डको गीत ‘सायना मुभिज’ को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। 

सुनिधि चौहानको स्वरमा रहेको ‘रंग-बिरंगी’ बोलको गीतमा स्वस्तिमा भारतीय आइटम गीतको शैलीमा नाचेकी छन्।

यो फिल्म राजीव शेट्टीद्वारा निर्देशित हो भने निर्माण एसके लरेन्सले गरेका हुन्।

जेभियर एलेक्स र राजीव शेट्टीको लेखनमा बनेको फिल्ममा मलयालम फिल्म उद्योगका चर्चित अभिनेता बिबिन जर्ज मुख्य भूमिकामा छन्। त्यस्तै जोनी एन्टोनी र धर्मजान बोलगट्टी पनि यसका प्रमुख पात्र हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *